प्रवास

यसरी गर्छन् एनआरएनका नेताहरुले बाढीपिडतका लागी संकलन गरेको करौडौं रुपैंया दुरुपयोग

लन्डन । भूकम्प पीडितका नाममा संकलित ३ करोड रुपैयाँभन्दा बढी रकम अझैसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारीको व्यक्तिगत खातामा जम्मा भएको खुलासा भएको छ । भूकम्प पीडितले राहत नपाएर वर्षायाममा खुल्ला आकाशमा रात बिताइ रहेको बेला एनआरएनए उपाध्यक्ष भवन भट्टको ब्यक्तिगत खातामा ३ करोड रुपैयाँभन्दा बढी रकम थन्किएको जनाएको छ ।

रकम लामो समयदेखि उपाध्यक्ष भट्टको खातामा मौजाद रहेपछि संघको गत हप्ता अमेरिकाको न्युजर्सीमा सम्पन्न संघको बैठकमा चर्काचर्की परेको एनआरएन स्रोतले जनायो । गत सोमवार डबलट्री हिल्टन होटलमा बसेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् ९आइसीसी० को बैठकमा अध्यक्ष शेष घलेले उपाध्यक्ष भट्टसँग भूकम्प पीडितका नाममा संकलित ३ करोडौं रुपैयाँभन्दा बढी रकम अझसम्म ब्यक्तिगत खातामा रहनुको कारण सोधेका थिए ।
बैठकमा गैरआवासीय नेपाली संघ जापानको तर्फबाट आइसीसी सदस्य भुषण घिमिरे, पूर्वअध्यक्ष ओम गुरुङ, क्षेत्रीय संयोजक बिक्रम थापा, अध्यक्ष सुदन थापाको उपस्थिति थियो । उपाध्यक्ष भट्टलगायत जापानको तर्फबाट बैठकमा सहभागीहरुले उक्त रकम तत्काल निकास गर्न नसकिने बताएका थिए । उक्त रकम भूकम्प पीडितका नाममा एनआरएन जापानले संकलन गरेको थियो ।

बैठकमा आइसीसी सदस्य जमुना गुरुङले भूकम्प पीडितका नाममा संकलित रकम ब्यक्तिगत खातामा राख्दा संघको गरिमामा समेत आँच आउन बताएकी थिइन् । उनले तत्काल उक्त रकम एनआरएनएलाई हस्तान्तरण गर्न आग्रह गरेकी थिइन् । बैठकमा उपाध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघको सक्रियतामा भूकम्प पीडितका लागि बन्ने १ हजार घरका लागि सहयोग संकलन भइरहेको अवस्थामा पीडितको नाममा संकलित करोडौं रुपैयाँ व्यक्तिगत बैंक खातामा थन्किाएर राख्नुभन्दा तत्काल पीडितलाई वितरण गर्नुपर्ने विचार ब्यक्त गरेका थिए ।

स्रोतका अनुसार भट्टलगायत एनआरएन जापानको तर्फबाट बैठक बोल्ने बक्तहरुले एनआरएनलाई हस्तान्तरण गर्न अस्वीकार गर्दै सो रकम तत्काल परिचालन गर्न नसकिने तर्क गरेका थिए । स्रोतका अनुसार एनआरएनको सक्रियतामा संकलित सो रकम आफू खुशी पीडितलाई खर्चिने आसय बैठकमा बोल्ने बक्ताहरुले राखेका थिए । बैठकमा महासचिव डा। बद्री केसी सहित बिभिन्न देशको प्रतिनिधीत्व गर्ने आइसीसी सदस्य लगायत सँघका अधिकांस पदाधिकारीको उपस्थिती थियो । नेपाल ब्रिटेन डट् कम्