खेलकुद

युएस ओपन च्याम्पियन भए राफायल नाडाल

एजेन्सी ।  विश्व वरियतामा नम्बर एकमा रहेका टेनिस खेलाडी राफायल नाडालले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई हराएर युएस ओपन सिंगल्सको उपाधि जितेका छन् ।

न्युयोर्कमा भएको फाइनलमा ३१ वर्षका नाडालले ६–३, ६–३,६–४ को सोझो सेटमा एन्डरसनलाई हराएका हुन् । नाडाल तेस्रो पल्ट युएस ओपनको च्याम्पियन बनेका हुन् भने यो उनको १६ औं ग्रान्डस्लाम उपाधि हो ।

ग्रान्डस्लाम उपाधिमा स्विट्जरल्याण्डका रोजर फेडरर नाडालभन्दा अगडि छन् । उनले १९ वटा ग्रान्डस्लाम जितेका छन् । नाडालले यसै वर्ष मात्रै फ्रेन्च ओपनको उपाधि पनि जितेका थिए ।