पु.समाचार

बाढी सम्भावित क्षेत्रका जनताका लागि खुसीको खबर

काठमाण्डौ । मुलुकका मुख्य नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायले अब बाढीबारेको सूचना तीन दिन (७२ घण्टा) अघि नै थाहा पाउने भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले प्रत्येक घण्टाको बाढीको सूचना अद्यावधिक गर्दै आगामाी मनसुनको सुरुवातसँगै सरोकारवाला निकायलाई यस्तो सूचना सम्प्रेषण गर्ने तयारी अघि बढाएको हो ।

आइतबारको नेपाल समाचारपत्रमा लेखिएको छ, सप्तकोसी र पश्चिम राप्तीका विभिन्न सहायक नदीमा आगामी मनसुनको सुरुवातदेखि तीन दिन अघि नै बाढीको सूचना सम्प्रेषण गर्ने तयारी भएको विभागले जनाएको छ ।