पु.समाचार

आज मुलुकभर धुमधामका साथ विश्वकर्माको पुजा गरिदै

काठमाण्डौ । आज असोज १ गते मुलुकभर विश्वकर्मा पुजा धुमधामका साथ मनाइदैछ । प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन मनाइने यो पर्व यो वर्ष पनि धुमधामका साथ मनाइने भएको हो ।

यस दिन कालिगढले विश्वकर्मालाई विशेष महत्व दिने भएपनि फलामका काम गर्ने र सवारी अर्थात मेसिन धनीहरुले धुमधामका साथ पुजा गर्ने गर्दछन् । यो पर्वमा पुजाआजा गर्दा दिगो रुपमा आफ्नो व्यावसायमा सफलता मिल्ने विश्वास लिइन्छ ।

धार्मिक ग्रन्थअनुसार यो दिन द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्धारका बनाई लाएको धार्मिक विश्वास रहेको देखिन्छ । त्यसैले यो पर्वलाई विशेष महत्वका साथ मनाइन्छ ।