पु.समाचार

सानोतिनो घटनाले सम्बन्ध नबिग्रने : राजदूत पुरी

नेपालगञ्ज । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतको सुमधुर सम्बन्ध सानातिनो घटनाले नबिग्रने बताएका छन् ।

नेपालगञ्ज उद्योग व्यापार सङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले नेपाल र भारतको सम्बन्ध धार्मिक, सामाजिक, सांस्कृतिक र राजनीतिक मूल्य, मान्यतासँग गाँसिएकाले छिट्पुट घटनाले दुई देशको सम्बन्ध नबिग्रने बताए ।

राजदूत पुरीले नेपालको आर्थिक समृद्धि र विकासमा भारत सधैँ सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा भारतीय लगानी बढाउने वातावरण बनाउन राजनीतिक तहवाट थप प्रयास हुनु आवश्यक छ भने ।