पु.समाचार

सरकारद्वारा आयलनिगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त

काठमाण्डौ । आयलनिगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का बर्खास्त भएका छन् । जग्गा खरीदमा अत्याधिक बिबादमा परेका कार्यकारी निर्देशक खड्का सोमबारको मन्त्रीपरिषद बैठकबाट बर्खास्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा दिउसो बसेको बैठकले गोपाल खड्का बर्खास्त भएका हुन् । लोकमानसिंह कार्कीसंग साँठगाठ भएको आरोप लागेका खड्कालाई अख्तियार दुरुपयोग अनुसंधान आयोगको प्रमुख हुंदा बचाएको आरोप लागेको थियो ।
सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले आपूर्ति मन्त्री शिबकुमार मण्डलको प्रस्तावमा गोपाल खड्कालाई निलम्बन गरिएको बताईएको छ ।