पु.समाचार

डा. गोबिन्द केसी ९ गतेबाट अनशन बस्ने !

काठमाण्डौ । मेडिकल सुधारमा लागेर ११ पटक सम्म अनशन बसेका त्रिबि शिक्षण अस्पतालका आवाशिय चिकित्सक प्रा.डा. गोबिन्द केसीले आउने सोमबार सरकारले चोरबाटोबाट नयां मेडिकल बधिेयक ल्याउन लागेकोले उक्त कदम चालिए सोमबार बाटै अनशन बस्ने चेतावनी दिएका छन् ।
मेडिकल माफियाका बिरुद्धमा सबैलाई लाग्न आग्रह गर्दै आफूलाई आफ्नो भन्दा पनि ३ करोड नेपाली  जनताको स्वास्थ्यको चिन्ता भएको जिकिर गरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्र मध्यम र निम्न मध्यम बर्गीय परिवारले धान्न सक्ने नभएको बताउदै अन्य बिषयमा २० गतेबाट अनशन बस्ने आफ्नो योजना भए पनि नयाँ मेडिकल बिधेयक ल्याईए अगाडी देखि नै अनशन बस्न बाध्य हुने जिकिर गरेका छन् ।
फाईन प्रिन्टले पर्यटन बोर्डमा आयोजना गरेको हरिबहादुर थापाद्वारा लिखित भ्रष्टाचार रजगज कार्यक्रममा बरिष्ठ पत्रकार कनकमणी दिक्षीतद्वारा सोधिएको प्रश्नको जवाफ डा. केसीले आफू शान्तिपूर्ण मार्गबाट स्वास्थ्य क्षेत्रलाई सुधार्ने अभियानमा लागेको बिचार राखेका थिए ।

सहभागीहरुबट पनि प्रश्न लिने र उक्त प्रश्नको उत्तर डा. गोबिन्द केसी, बात्सायन, हरिबहादुर थापाबाट दिने ब्यवस्था गरिएको उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रमा नै भ्रष्टाचार हुने गरेको प्रश्न समेत राखिएको थियो ।

डा. गोबिन्द केसीका अलबा रजगजका लेखक तथा पत्रकार हरिबहादुर थापाले अदालतमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताएका थिए । उक्त भ्रष्टाचारलाई निराकरण गर्न कलम चलाउनेले डराउन नहुने अधिवक्ता टिकाराम भट्टराईले राखेका थिए । अधिभक्ता भट्टराईले भ्रष्टाचारसम्बन्धी लेख्दा अदालतमा मुद्धा परेमा आफूले निशुल्क कानुनी सेवा दिने समेत बताएका थिए ।