आर्थिक

सिटिजन्स बैंकले १६.८५% लाभांश दिने

काठमाण्डौ । सिटिजन्स बैंकको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बालकृष्ण प्रसाईको अध्यक्षतामा राजधानीको अमृतभोग कम्प्लेक्समा सम्पन्नभयो । उक्त साधारणसभामा २०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३/७४ को नाफा–नोक्सानहिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगदप्रवाहविवरण तथाअन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृतभएको छ ।
.
सिटिजन्स बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई करीब १६Þ.८५ल प्रतिशत बोनस शेयर तथा नगद लाभांश दिने भएको छ । यस आर्थिक वर्ष २०७३/७४ को अन्त्यमा बैकको चुक्तापूँजी रु ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार कायम रहेको छ । प्रस्तावित १६ प्रतिशतबोनस शेयरवितरण पश्चात् बैंकको चुक्तापूँजी रु ८ अर्ब २ करोड ९१ लाख ६० हजार कायम रहने छ ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकले आर्जन गरेको संचित मुनाफाबाट बैंकको हालको चुक्तापुँजीको १६ प्रतिशत अर्थात् रु १,१०,७४,७०,३४६। बोनस शेयर तथा सोको लागि आवश्यक करको निम्ति हालको चुक्ता पुजीँको करीब ०.८५ प्रतिशत अर्थात् रु ५,८२,८७,९१३। नगद लाभांश एघारांै साधारण सभाले पारित गरेको छ । उक्त साधारणसभाबाट प्रकाशचन्द्र मैनाली र श्री विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

सिटिजन्स बैंकले ग्राहक महानुभाबहरुलाई देशभरी फैलिएका यस बैंकको ६२ वटा शाखा, ६१ वटा एटिएम काउन्टर र९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५०हजार ग्राहकहरूलाई सेवा प्रदानगर्दै आएको छ.। साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

सभाका अध्यक्ष बालकृष्ण पोख्रेललेले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालनगर्नेमाविश्वास दिलाउदैँ भविष्यमा बैंकले अझ बढी प्रगतिहासिलगर्न सक्ने विश्वास सभालाई गराएका थिए । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित अन्य महानुभावहरुले पु¥याउनु भएको सहयोगको लागिधन्यवाद प्रकट गर्दै भविष्यमा समेत सहयोग प्राप्तहुनेमा आशा प्रकट गरेका छन् ।