पु.समाचार

चुनावको मुखमा यस्तो देखियो मध्यपश्चिमाञ्चलको सुरक्षा व्यवस्था

सुर्खेत । पहिलो चरणको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा क्षेत्रभर सुरक्षा व्यवस्था संयोजन गर्ने मध्यपश्चिमाञ्चर क्षेत्रीय प्रशासन कार्यालय शाखा अधिकृतको भरमा चलिरहेको छ । विशिष्ट श्रेणी(सचिव)प्रशासक रहने कार्यालय दुई सातादेखि प्रमुखविहिन छ ।

सुर्खेतस्थित क्षेत्रप्य प्रशासन कार्यालयले ६ नम्बर प्रदेशका पूरै १० जिल्ला र ५ नम्बर प्रदेशका ६ जिल्लाको सुरक्षा संयोजन गर्दै आएको छ । यो कार्यालयले निर्वाचनको सुरक्षा अनुगमन,सुरक्षा निकायबीच समन्वय र प्रदेशअन्तर्गतका जिल्लाबीच सुरक्षा संयोजनको जिम्मेवारी बोकेको हुन्छ ।

निर्वाचनका बेला सरकारसँगको समन्वयमा आवश्यक सुरक्षा योजना र व्यवस्थापनको जिम्मेवारी पनि यही कार्यालयले गर्नेगर्छ । प्रशासक अध्यक्ष रहने क्षेत्रीय सुरक्षा समितिमा नेपाली सेनाका मध्यपश्चिम पृतनापति,नेपाल प्रहरीका प्रदेश बिहीबारको नागरिकमा लेखिएको छ, प्रमुख(एआइजी),सशस्त्र प्रहरी बलका डिआइजी र राष्ट्रिय अनुसन्धान विभागका डिआइजी सदस्य रहन्छन् ।