शिक्षा

त्रिभुवन विश्वविद्यालयमा अब कागजविहिन प्रशासन

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब ‘कागजविहीन प्रशासन’ चलाउने भएको छ ।  विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले मंगलबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा निर्मित सूचना प्रविधि केन्द्र भवन उदघाटनसँगै ‘कागजविहीन प्रशासन’ को घोषणा गरेको हो ।

बुधबारको कान्तिपुरमा लेखिएको छ, २०७२ को भूकम्पले त्रिविको अधिकांश भवन क्षतिग्रस्त भएका थिए । त्यसपछि निर्माण गरिएको यो दोस्रो भवन हो । केही महिनाअघि त्रिविको कीर्तिपुर हातामै उत्तरपुस्तिका परीक्षण केन्द्र भवन उदघाटन भइसकेको छ ।

त्रिवि केन्द्रदेखि दुर्गम गाउँसम्म विद्युतीय नेटवर्क विस्तार गर्ने र त्यसअनुसार सबैखाले प्रशासनिक काम कारवाही सूचना प्रविधिमैत्री बनाउने जनाइएको छ ।