पु.समाचार

चुनाव हारेर पनि जनताको घरदैलोमा पुगेर यस्तो प्रतिबद्धता जनाए भुपेन्द्रले 

कालिकोट । जब–जब चुनाव आउँछ गाउँका कुना कन्दरामा नेता कार्यकर्ताको हुल देखा पर्छन् । भोट माग्न जनताको घर आँगनमा पुगेका नेता कार्यकर्ता जिते पछि पनि सादयदै मात्र जनताको घरदैलोमा भेटिन्छन नत्र सामाजिक सञ्जाल र सञ्चार माध्यायम मार्फत मतदातालाई धन्यवाद दिन्छन् ।

माथि उल्लेखित सबै कुराहरु हाम्रो नेपालबाट सत्यभन्दा भर पुग्ने तरखरमा छन् । जितेका नेताहरुले जनताको आँगनमा पुनः जाुनपर्छ भन्ने प्रश्न गर्नै पर्दैन । स्वतः जाने भैहाले तर हाम्रो देशमा हारेका नेताहरुले जनताको बीचमा गएर आफुले प्राप्त गरेको मतको कदर गर्न गाउँमा फर्किने संस्कारको सुवात भएको छ ।

प्रत्यक्ष र समानुपातिक तर्फको मत गणना सकिएसँगै कालिकोटबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवम् नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले मतदातालाई धन्यावाद दिन चुनाव हारिसके पछि पुनः गाउँ फर्क अभियान सुरु गरेका छन् ।

चुनाव हारेको नेता धन्यवाद दिन पुन गाउँमा फर्केको देखेर जनता समेत अचम्मित परेका छन। हारेर पनि आफुलाइ भेट्न युबा नेता शाही घरदैलोमा आयकोमा जनताहरु निकै खुसी बनेर भने, नेता त भुपेन्द्र जस्तो हुन पर्छ।अब अर्कोपटक शाहीलाइ जिताउन हामी कम्मर कसेर लाग्नेछौ।

हाम्रो देशमा चुनावमा विजेतालाई अंगालो हालेर माला लगाईने दिने, बधाई दिने कुराहरुले स्थान पाईसके पनि पराजित उम्मेदवारले मतदातासँग मत मागे जसरी नै पुनः गाउँमा पुगेर हार्दिकताका साथ धन्यवाद दिएका सायदै घटना छन् । यहि सायदै घटनाका एउटा पात्र हुन महामन्त्री शाही ।

उनले गाउँमा पुगेर भनेका छन्,‘निर्वाचनको परिणाम जस्तोसुकै भएपपनि यो निर्वाचनमा मलाई मत दिने र मन दिने सम्पूर्ण मतदाताहरुलाइ धन्यवाद दिन म गाउँगाउँमा आएको छु।

यहि अनुसार पौष २ गते खाडाचक्र नगरपालिकाको मोल्फा र तिलागुफा नगरपालिकाको गाल्जेमा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उन्ले आफू हारे पनि जनताकै बीचमा रहने र जनताको सुखदुःखमा सधै साथ दिने बताएका छन्। सुन्दर कालिकोट समृद्ध कालिकोट अभियानमा थप सक्रिय भएर लाग्ने समेत जानकारी गराए।

‘यसैगरी महामन्त्री शाही पौस ३ गते पलता तथा पचालझरनाको जारकोट र पौष ४ गते सान्नी त्रिबेणि तथा रास्कोटको आरसिपी बजारमा पुगेर मतदाताहरुलाइ धन्यवाद दिएका छन।

शाहीले जनताको प्रत्यक्ष कुरा सुन्नुका साथै आफ्ना पनि केहि मनका भाबनाहरु साटेका थिए। उनले भने, अबको दिनमा तपाईंहरु सबैको सुझाव र सल्लाहमा अगाडि बढ्ने प्रयास गर्नेछु।’