काठमाण्डौ । विद्यार्थीहरुलाई तिनका शैक्षिक लक्ष्य प्राप्तिका लागि लामो समयदेखि सघाउने कार्यका लागि परिचित नाम हो एईसीसी ग्लोबल । एईसीसीले लामो समयदेखि विद्यार्थीहरुको भविष्यका लागि तिनका शैक्षिक तथा ब्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका ईम्मिग्रेसन पोलिसी, कोर्षका लागि सहि सल्लाह सुझाव, विश्वविद्यालय तथा तिनका लागि उपयुक्त देशका बारेमा परामर्श प्रदान गर्दै आइरहेको छ । संस्थाले शैक्षिक सहभागिताका लागि मात्र नभएर तिनको समग्र लक्ष्य प्राप्ति तथा उज्वल भविष्यलाई ध्यानमा राखि उचित परामर्श प्रदान गर्ने कार्य गर्दै आइरहेको छ ।
कम्पनीले आफ्नो नियमित कार्य तालिकाका रुपमा अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्टको बर्षमा कम्तिमा दूई पटक आयोजना गर्दै आइरहेको छ । गत बर्ष संस्थाद्वारा आयोजित अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सय भन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए । यस पटक संस्थाले अष्ट्रेलियन एड्मिसन डे जनवरी २०१८ ज्यानुअरी १६, १८ र १९मा आयोजना गर्ने तयारी गरेको छ । अष्ट्रेलियन डेको आयोजना काठमाण्डौ (होटल याक एण्ड यती), चितवन (भरतपूर गार्डेन रिसोर्ट) र पोखरा (होटल पोखरा ग्राण्डे)मा विहान १० देखि बेलुकी ५ बजे सम्म आयोजना हुने जानकारी दिइएको छ ।
उक्त समारोह मध्य काठमाडौंमा आयोजना हुने अष्टे«लियन डेमा ३० कोर्षका प्रदायक र पोखरा तथा चितवनमा भने ११ कार्ष प्रदायकको सहभागिता रहने जानकारी विज्ञप्ति मार्फत दिइएको छ । नेपालकै सर्वाधिक ठूलो अष्ट्रेलियन एजुकेशन फेयरका रुपमा लिइने यस मेलाको यस बर्षको काठमाडौंमा आयोजना हुने संस्करणमा १ हजार तथा चितवन र पोखरामा ३ सय ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ । मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत महामहिम पिटर बडले गर्ने जानकारी दिइएको छ ।
‘हामीले विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष अष्टेलियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रबृत्ति तथा भिसा डक्यूमेण्टेसन संग सम्बन्धित आफ्नो जिज्ञासा मेट्ने तथा जानकारी लिने अवसर प्रदान गर्ने सोचका साथ बर्षको दूई पटक आयोजना गर्दै आइरहेको छौँ । विद्यार्थीहरुले विश्वविद्यालय सम्म पुग्न नसक्ने अवस्थामा हामी विश्वविद्यालयलाई नै विद्यार्थी सामू ल्याउने हर सम्भव प्रयास गर्छौँ ’, एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने ।
सन् २००८मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ । प्रधान कार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यू जील्याण्ड, क्यानेडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्छ । संस्थामा ४० भन्दा बढी क्यूईएुसी प्रमाणित सल्लाहकारहरु आबद्ध रहेका छन् । एईसीसीले विद्यार्थीका लागि शिक्षाको आवश्यकता र तिनको जीवनमा यसको महत्वलाई बुझी याग्य विद्यार्थीका लागि उत्कृष्ट कलेजमा सर्वाधिक छात्रबृत्तिका लागि प्रयास गर्छ । देश विकासका लागि यूवा जनशक्तिको आवश्यकतालाई दृष्टिगत गर्दै एईसीसीले आफ्नो शैक्षिक कार्यक्रमको समाप्ति पछि देश फिर्तिका लागि समेत सल्लाह प्रदान गर्छ ।
‘शैक्षिक गणतब्यबाट फर्केसंगै हामी सदैव विद्यार्थीलाई देशका लागि उल्लेख्य काम गर्न प्रेरित गर्छौँ । तिनले विदेशमा आर्जेका ज्ञानले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि हामी सक्दो प्रेरित गर्छौँ । हामी सदैव विद्यार्थीलाई देशका लागि उल्लेख्य काम गर्न प्रेरित गर्छौँ’, एईसीसीका विजनेश हेड्स रञ्जित कुमार अग्रवाल र सचिन उपाध्यायले भने ‘ एईसीसीको प्रमुख उद्देश्य भन्नु नै विद्यार्थीलाई देश विकासका लागि सहयोग गर्नु हो । यही कारण हामी राष्ट्र निर्माण तथा विकासका लागि उपयोगी कोर्षहरु समेत प्रदान गर्दै आइरहेका छौँ । ’





