काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
राष्ट्रियसभा र प्रदेशसभा गठनमा दुई पार्टीबाट भागबण्डाका लागि चयन गरिएको कार्यदललाई दुई नेताले निर्देशन दिएको एमाले स्रोतले जानकारी दियो ।
कार्यदललमा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ्ग, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, बर्षमान पुन र मातृका यादव सदस्य छन् ।
कार्यदलका सदस्यहरुलाई ओली र प्रचण्डद्वारा दिइएको निर्देशनमा एकता संयोजन समितिका अन्य सदस्यहरु पनि सहभागी छन् ।
एमाले अध्यक्ष ओली आजै उपचारका लागि एकसाता बैंकक जाँदैछन् ।