शिक्षा

कक्षा ११ को नतिजा सार्वजनिकबारे आयो यस्तो खबर

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा शनिबार केही बेरमा सार्वजनिक हुँदैछ । नतिजा प्रकाशन समबन्धी निर्णयका लागि बोर्डका अधिकांश सदस्य बोर्डको कार्यालय भक्तपुरमा जम्मा भइसकेका छन् । चार बजेका लागि बोर्ड बैठक बोलाइएको भएपनि परीक्षा शाखाबाट सम्पादन हुनुपर्ने काममा केही ढिलाइ भएको छ ।

बोर्डले पहिलो पटक कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालयले यसअघि नै प्रयोगमा ल्याएको नौ तहमा वर्गीकरण गरेर ग्रेडिङमा नतिजा सार्वजनिक गर्ने प्रणालीबाट कक्षा ११ को नतिजा सार्वजनिक हुनेछ ।

कक्षा ११ को परीक्षा सम्पन्न भएको सात महिनापछि नतिजा सार्वजनिक हुन् लागेको हो । परीक्षा सकिएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको भन्दै बोर्डको आलोचना हुँदै आएको छ ।