खेलकुद

भारतीय कप्तान विराट कोहलीलाई कारबाही

एजेन्सी । भारतीय कप्तान विराट कोहलीलाई खेल भावना विपरित व्यवहार प्रदर्शन गरेको भन्दै कारवाही गरिएको छ ।

भारत र दक्षिण अफ्रिकाबीच जारी दोस्रो टेस्टको तेस्रो दिन अन्तिम सत्रमा सोमबार पानी परेपछि पुनः खेल सुरु भएको थियो । सो क्रममा भारतका कप्तान कोहलीले अम्पायर माइकल गाउफलाई बल भिजेको भन्दै बारम्बर गुनासो गरेका थिए ।

सो क्रममा आक्रमक रुपमा प्रस्तुत हुँदै बल भुईमा पछारेपछि खेल भावना विपरित व्यवहार गरेको भन्दै कोहलीलाई म्याच फि को २५ प्रतिशत तिर्नुपर्ने गरि कारवाही गरिएको विश्व क्रिकेट परिषद्९आइसिसी०ले जनाएको छ ।