अन्तर्राष्ट्रिय

राष्ट्रपतिको विरोध गर्नेलाई १८ महिना जेल !

जकार्ता । सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपतिको विरोध गरेको भन्दै इन्डोनेसियाका एक युवकलाई १८ महिनाको जेल सजाय हुने भएको छ ।

इन्डोनेसियाको सुमात्रा बस्ने १८ वर्षीया एक युवकले राष्ट्रपति जाको विडोडोलाई नक्कली फेसबुक आइडीको सहायताले गाली गरेकोमा उनलाई १८ महिनाको जेल सजाय हुने भएको हो ।

आफूलाई कारवाही गर्ने आँट कसैसँग पनि नभएको भन्दै युवकले हिम्मत भएमा आफूलाई पक्राउ गर्नका लागि सुरक्षाकर्मीहरूलाई चुनौती समेत दिएका थिए । पक्राउ परेपश्चात् उनले आफ्नो गल्ती स्वीकार गर्दै तोकिएको सजाय भोग्न आफू तयार रहेको बताएका छन् ।