खेलकुद

भारतमाथि साउथ अफ्रिकाको सानदार जित

एजेन्सी । गृह मैदानमा भारतविरुद्ध साउथ अफ्रिकाले विजयी यात्रा जारी राखेको छ । दोस्रो टेष्ट क्रिकेटमा १ सय ३५ रनको प्रभावशाली जित निकाल्दै साउथ अफ्रिकाले ३ म्याचको सिरिजमा २–० को अग्रता लिएको छ । प

हिलो टेष्टमा साउथ अफ्रिका ७२ रनले विजयी भएको थियो । अन्तराष्ट्रिय टेष्टको डेब्यु म्याचमा २१ वर्षिय लुङ्गी एङगीलीले ६ विकेट लिएपछि २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमा समेटियो ।

रोहित शर्माले ४७ र मोहमद सामीले २८ रन जोड्दा ६ जना भारतीय व्याट्सम्यान दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्के । ३ विकेटको क्षतिमा ३५ रनबाट आज अन्तिम दिनको खेल थालेको भारत ५० ओभर २ वल मात्र क्रिजमा टिक्न सक्यो । १२ ओभर २ बल बलिङ गरेका लुङ्गीले ३ मेडन राख्दै ३९ रन खर्चेर भारतका क्याप्टेन विराट कोहली, लोकेश राहुल, हार्दिक पाण्डेय, रबिचन्द्रन अश्विन, मोहमद सामी र जस्पृत बुमराहको विकेट लिए ।

कागिसो रावाडाको नाममा ३ विकेट रह्यो । पहिलो इनिङ्समा भ्रमणकारी टोली भारतले ३ सय ७ रन बनाएको थियो भने घरेलु टोली साउथ अफ्रिकाले पहिलोमा ३ सय ३५ र दोस्रोमा २ सय ५८ रनको योगफल तयार पारेको थियो । तेस्रो तथा अन्तिम टेष्ट आगमी बुधवार जोहनसवर्गमा सुरु हुनेछ ।