तस्विरहरु

प्रदेश राजधानी तोकियोः कतै दीपावली कतै आन्दोलन, कुन प्रदेशमा के भयो ?

बुटवलमा दिपावली, धनकुटा र वीरगञ्जमा आन्दोलन । चर्चामा दाङ रहेपनि सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकेको छ ।

प्रदेश १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि धनकुटा अशान्त छ भने प्रदेश २ को अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगन्जमा आन्दोलन चर्किएको छ ।