पु.समाचार

नख्खु कारागारमा पहिलो मनोसामाजिक अस्पताल

ललितपुर । नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ ।

यस कारागारमा रहेका झण्डै ८०० जना कैदी÷बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताउछन् । उनले भने, “मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने गरेको पाइन्छ ।”

उनी भन्छन्, “त्यहाँका कारागार र कैदी÷बन्दी दुवैले यहाँ सरुवा खोजेका छन् ।” धेरै कारागारले मानसिक रोगीलाई सरुवा गरेर पठाएको उनी बताउछन् । पहिले धुलिखेलस्थित कारागारमा मानसिक रोगीको चाप बढी हुने गरेकामा अहिले नख्खु कारागारमा चाप बढेको छ ।

कारागारमा अहिले भएका मानसिक रोगीमध्ये कति कडा त कति नरम खालका मानसिक रोगबाट पीडित छन् । कतिपयले नियमित रुपमा औषधि खाइरहेका छन् । कतिलाई भने समस्या आउँदा तुरुन्त अस्पताल पु¥याउनुपर्छ । उनी भन्छन्, “हामी दैनिक तीन÷चार पटकसम्म मानसिक रोगी लिएर अस्पताल गइरहेका छौँ ।”

मानसिक अस्पतालमा अहिले अहेबले सामान्य उपचारबाहेक अरू सेवा छैन । अरू रोगका बिरामी समेत विभिन्न अस्पतालमा जाँच र कहिले भर्ना हुने गरेका छन् । मनोसामाजिक अस्पतालमा अरू सामान्य उपचारसमेत हुँदा सहज हुने जेलर केसी बताउछन् ।