आर्थिक

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४।०५ अंकले ओरालो लागेर एक हजार १९६।२४ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५।१९ बिन्दुले ओरालो लागेर २५५।६९ बिन्दुमा पुगेको छ ।

आज कूल १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता शेयर रु ३१ करोड २३ लाख ९४ हजार ३७९ मूल्यमा कारोबार भएको स्टकले जानकारी दिएको छ ।

आज सबै उपसूचकको मूल्य ओरालो लागेको छ । बैंकिङ २२।०१, होटल २७।२९, विकास बैंक ३६।१, जलविद्युत् ३७।१४, वित्त ७।१७, बीमा १४८।७७, उत्पादन १५, अन्य ५।६७, माइक्रोफाइनान्स २६।२४ बिन्दुले ओरालो लागेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले श्वेतपत्र सार्वजनिक गरेपछि बजार बढ्ने आश गरिएको भए पनि बजारले सोअनुसार काम नगरेको सम्बद्ध पक्षको भनाइ छ ।