पु.समाचार

पत्रकार स्वास्थ्योपचार अक्षयकोष स्थापना

हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्लामा कार्यरत सञ्चारकर्मीका लागि मंलगबार पत्रकार स्वास्थ्योपचार अक्षयकोष स्थापना गरेको छ ।

कोष सञ्चालन गर्न उद्योग संघ हेटौँडाका अध्यक्ष नवराज अर्यालले रु दुई लाख पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई हस्तान्तरण गरे । कोषमा अन्य संघसंस्था तथा जिल्ला समन्वय समिति र हेटौँडा उपमहानगरपालिकाबाट पनि अर्थ जुटाई कोषमा जम्मा गर्ने लक्ष्य रहेको बताइएको छ । महासंघमा आबद्ध सञ्चारकर्मीलाई दुर्घटना र गम्भीर बिरामी हुँदा तत्काल उपचार गर्न कोषबाट रकम प्रदान गरिने छ ।