समाचार

मोटरसाइकसहित तस्कर पक्राउ

गौर, रौतहट । तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् ।

गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट सीमाबाट भारतीय नागरिक १६ वर्षीय विकास कुमारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कुमारबाट प्रहरीले रु ६ लाख मुल्य बराबरको लत्ताकपडा तथा तस्करीमा प्रयोग गरिएका चारवटा मोटरसाइकल समेत बरामद गरेको छ । उनलाई गौर भन्सार कार्यालयको जिम्मा लगाएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।