अन्तर्राष्ट्रिय

म्याक्रोँद्वारा पुटिनसँग सिरियाबारे छलफललाई व्यापकता दिने इच्छा व्यक्त

पेरिस, फ्रान्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले उनका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग सिरिया द्वन्द्वलाई अन्त्य गरी शान्ति प्रक्रियालाई अघि बढाउने बिषयमा आफूले छलफललाई व्यापकता दिन चाहेको बताएका छन् ।

राष्ट्रपति म्याक्रोँले सिरियामा शान्ति तथा स्थायित्वका लागि रसियासँग कुरा गर्न चाहेको बताएका छन्, म्याक्रोँको कार्यालयले फोनवार्तापछि जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

रासायनिक हतियारको प्रयोगलाई ‘रेड लाइन’को सज्ञादिँदै यसलाई कुनै पनि बहानामा उल्लङ्घन गर्न नहुने बताउने म्याक्रोँ र रासायनिक हतियार प्रयोगसम्बन्धमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा अनुसन्धानका लागि लगिएको प्रस्तावलाई भिटो प्रयोग गरी रोक्ने रूसबीच फोनवार्ता भएको हो ।

म्याक्रोँका अनुसार भिटो शक्ति प्रयोगका कारण रासायनिक हतियार प्रयोगमा विषेश संरचना बनाई अघि बढ्ने ‘संयुक्त’ पहलमा समस्या भएको छ ।

फोनमा सिरियाको समस्या समस्या समाधान र आतङ्कवाद विरोधि लडाई आफ्नो प्राथमिकतामा परेको जनाउँदै सम्भव भएसम्म छिटो विश्वसनीय तथा समावेशी राजनीतिक प्रक्रिया आफ्नो चाहना भएको पुटिनले बताए ।