अन्तर्राष्ट्रिय

प्यालिष्टिनी जनताद्वारा तेस्रो शुक्रबार पनि प्रदर्शन

गाजा । प्यालेष्टिनी जनताद्वारा तीन हप्ता पहिले शुरू गरेको प्रदर्शन र विरोधका कार्यक्रममा तेस्रो हप्ता शुक्रबार पनि हजारौँको सङ्ख्यामा सहभागिता जनाएका छन् ।

गाजा क्षेत्रको जुलुस व्यवस्थापन समितिले सहभागीलाई इजरायली झण्डा जलाउने र प्यालेष्टिनी झण्डा फहराउने अभियानलाई जारी राख्न गरेको आग्रहलाई मान्दै ठूलो सङ्ख्यामा आएका प्यालेष्टिनी जनताले गाजा क्षेत्रमा प्रदर्शन गरेका छन् ।

समितिका सदस्य तथा मानवअधिकारवादी नेता सालेह अब्दुलातीले सिन्ह्वा न्यूज एजेन्सीसँग भने, “हामीले तेस्रो शुक्रबारलाई पनि आफू विस्थापित बनेको भूमिमा प्यालेष्टिनी झण्डा फहराउने अभियान जारी राख्न आग्रह गरेअनुसार ठूलो सङ्ख्यामा सहभागिता भएको छ ।”

हाम्रो आन्दोलनलाई जारी राख्ने शिलशिलामा सहभागीलाई गाजा क्षेत्रको इजरायली सीमानामा प्यालेष्टिनी झण्डा फहराउने कार्य भएको छ, उनले भने ।

अब्दुलतीले भने, “आन्दोलनअन्तर्गत इजरायली झण्डालाई जलाएर प्यालेष्टिनी जनताको आक्रोशलाई प्रदर्शन गरेका छन् । आन्दोलन इजरायलले गाजा क्षेत्रमा जनसङ्ख्याबारे उठाएका माग पुरा नहुँदासम्म जारी राख्नेछौँ ।”
जुलुस इजरायलको स्थापना भएको दिन आगामी मे १५ अर्थात् ७० औँ स्थापनादिवससम्म जारी राख्ने कार्यक्रम रहेको छ ।

तीनहप्ता पहिले शुरु भएको प्रदर्शनका क्रममा ३४ जना प्यालेष्टिनीको मृत्युभएको छ भने दुई हजार ८०० व्यक्ति घाइते भएका गाजास्थित स्वास्थ्य मन्त्रालयले बताएको छ ।