राजनीति

पाँच वर्षपछिको निर्वाचनमा आफ्नो अमूल्य मत सही ठाउँमा परेको रहेछ भन्ने विश्वास दिलाउने छु : प्रधानमन्त्री (बाँकी १५ प्रतिबद्धतासहित)

रारा, मुगु । नयाँ वर्षका अवसरमा नेपालको ठूलो र मनमोहक रारा ताल रारा किनारबाट आज बिहान देशवासीलाई सम्बोधन गर्दै उनले मुलुकमा क्रियाशील सबै राजनीतिक दललाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका बृहत्तर विषयमा समझदारीका साथ अगाडि बढ्न पनि आग्रह गरे ।

उनले आजैदेखि प्रारम्भ भएको विसं २०७५ स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका लागि सुस्वास्थ र सफलताको वर्ष हुन सकोस् भन्ने कामना पनि गरे ।

१७. बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक सामाजिक बनोट हाम्रो विशेषता मात्रै होइन, सामाजिक सम्पदासमेत हो । विविधता, बहुलता, सामाजिक सद्भाव र सांस्कृतिक सहचार्य हाम्रो समाजको विशेष पहिचान हो । यसैमाथि अडेको छ हाम्रो बलियो राष्ट्रिय एकता । तर यसलाई खल्बल्याउने, गरिबी, बेरोजगारी र अविकासजस्ता मुख्य मुद्दाबाट ध्यान बर्गेल्ने र त्यस अप्रिय परिस्थितिलाई दुरुपयोग गर्दै सामुदायिक सद्भावका ठाउँमा अविश्वास, सामाजिक द्वेष र घृणा फैलाउने प्रयास पनि यदाकदा देखापर्ने गरेका छन् । यस्तो कुरा नेपाल र नेपालीलाई स्वीकार्य हुने छैन । सामाजिक सद्भावमाथि आधारित बलियो राष्ट्रिय एकता निर्माण गर्न र शान्ति सुव्यवस्था कायम गर्नका लागि सरकार दृढ संकल्पितरुपमा प्रस्तुत हुनेछ ।

१८. निर्भयतापूर्वक बाँच्न र पेशा व्यवसाय गर्न पाउनु नागरिकको संविधानप्रदत्त मौलिक हक हो । जनतामा नीहित सार्वभौमसत्ता प्रत्याभूत भएको, संविधानले सबैखाले अधिकार संस्थागत गरिसकेको र आफूले चाहेको परिवर्तन जनताको अभिमत कानूनी र शान्तिपूर्ण बाटोबाट प्राप्त गर्न सकिने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि हिंसाको पैरवी गर्नु, आफ्ना आपराधिक या स्वार्थप्रेरित गतिविधिलाई राजनीतिक आवरण दिनु र जनताको जीवनलाई त्रसित पार्ने एवं मुलुकको व्यावसायिक वातावरणलाई दुष्प्रभावित पार्ने कार्य अब स्वीकार्य हुन सक्दैन ।

१९. भ्रष्टाचारले समाजलाई बर्बाद बनाउँछ । वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुनेछ । यसका लागि आवश्यक कानूनी ढ र संरचनागत सुधार गरिनेछ । कुनै बहानाबाजी स्वीकार्य हुने छैन । कतैबाट पनि भ्रष्टहरुलाई संरक्षण गर्न दिइने छैन । भ्रष्टाचार कुनै परियोजना, सार्वजनिक खरिद प्रक्रिया या सेवाग्राहीसँग लिइने रकमको अपचलन मात्रै होइन । त्यसरी भएको आर्थिक क्षति त कुनै हिसाबले पूर्ति पनि हुन सक्ला । तर भ्रष्टाचारले सिर्जना गर्ने सामाजिक मूल्यहरुको क्षयीकरण, लोकतन्त्रप्रति अविश्वास र व्यक्ति एवं संस्थाको नैतिक चरित्रमा ल्याउने स्खलनको भने कुनै क्षतिपूर्ति संभव छैन ।

२०. अबको हाम्रो सर्वोपरि राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रबिन्दु आर्थिक समृद्धि हो । विगतका गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई असाधारण तीव्रता दिइनेछ । हामीले सन् २०२२ सम्ममा नेपाललाई अति अल्पविकसित अवस्थाबाट स्तरोन्नत गर्नुछ र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यका प्रतिबद्धतालाई पूरा गर्नु छ । कतिपयलाई यो उद्घोष महत्वाकांक्षी लाग्न सक्छ । तर उच्च आकांक्षा नलिइकन, त्यसका लागि जोखिम नमोलिकन र त्यस निम्ति नयाँ नीति, संरचना र शैलीको अवलम्बन नगरीकन कुनै पनि राष्ट्रले फड्को मार्न सक्दैन । यसलाई हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारामा अभिव्यक्त गरेका छौँ । सरकार विकासका गतिलाई योजनाबद्ध ढंगले अघि बढाउन प्रतिबद्ध छ । त्यसका निम्ति देशभित्रको प्राकृतिक र मानव स्रोत, पूँजी र सीप परिचालन गर्न सबै सामथ्र्यका साथ सरकार केन्द्रित हुनेछ । राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगका रुपमा निजी क्षेत्रलाई सहभागी बनाउँदै लगानीमैत्री वातावरण, अनुकूल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिनेछ । ज्ञ अबका सहकारीहरुले उत्पादनको ढाँचा र उत्पादन सम्बन्धको परिवर्तन र आधुनिकीकरणको वाहकको भूमिका खेल्नु पर्नेछ । तसर्थ, सहकारीहरु समाजवादउन्मुख अर्थतन्त्रका महत्वपूर्ण आधार हुनेछन् । सार्वजनिक–निजी–साझेदारीलाई महत्वका साथ अघि बढाइनेछ । यस प्रसंगमा हामी एक्लैकाफी छौँ भन्दैनौँ, छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रहरु, वैदेशिक लगानीकर्ताहरु तथा वित्तिय संस्थाहरुसँग हातेमालो गरिनेछ । त्यसैले म यहीँबाट आह्वान गर्दछु, स्वदेशी तथा विदेशी लगानीकर्ताहरु ढुक्कसँग लगानी गर्नुहोस् । पारदर्शी कर, श्रमिकहरुको हित र वातावरणीय पक्षप्रति संवेदनशील हुँदै समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदानका लागि सरिक बन्नुहोस् । तपाईको लगानी र मुनाफाको सुरक्षाप्रति सरकार सजग छ, अनावश्यक कानूनी र प्रशासनिक झण्झट अब तपाइँहरुले सामना गर्नु पर्ने छैन । कुनैअतिरिक्त सेवा सुविधा र कमिशन दिन नसकेका कारण लगानीको अवसर प्राप्त नहुने या लगानी फिर्ता लैजानेजस्ता विगतका वाध्यता सामना गर्नुपर्ने छैन । आन्तरिक र बाह्य लगानीमा सन्तुलनको नीति सहित लगानीको सुरक्षा, लगानी मैत्री वातावरण निर्माण तथा मुनाफाको व्यवस्थापन लगायतमा प्रचलित व्यवस्थाहरुलाई सहज र छरितो बनाइनेछ । औद्योगिक विकासका लागि आवश्यक विशेष आर्थिक क्षेत्र र विशेष औद्योगिक क्षेत्र निर्माणमा हाम्रो जोड रहनेछ ।

२१. कतिपयलाई लाग्छ– उपरोक्त लक्ष्य हासिल गर्न हामीसँग साधन स्रोतको अभाव छ । मैले भन्दै आएको छु– पैसा भएर, धन भएर कसैले विकास गरेको हैन । विकास गरेर मात्र देशहरु धनी भएका छन् । यति उर्बर जमिन र यति विघ्न जैविक विविधता भएको मुलुक, माटोमुनि खनिज र माटोमाथि जीवन र जडीबुटीले भरिएको देश, जलस्रोत र नवीकरणीय ऊर्जाका दृष्टिले अपार सम्भावना भएको राष्ट्र, सांस्कृतिक वैभवयुक्त हाम्रो मातृभूमि विकास नहुनुपर्ने कारण छैन । स्रोतको अभाव छ भन्नेहरुलाई तथ्य आफैँले जवाफ दिइरहेको छ भन्ने म ठान्दछु । १६ वर्षदेखि ५९ वर्षसम्मको क्रियाशील श्रमशक्तिको बाहुल्य भएका हामी संसाधनविहीन हुन सक्छौँ र रु हो, आजसम्म व्यवस्थापकीय मामिलामा समस्या छन् । दृष्टिकोणमा कमजोरी छन् । आत्मविश्वासमा कमी छ । अलिकति बेथिति छ । तर यी कुनै पनि समस्या असाध्य छैनन् । विधिको शासन अब कडाइका साथ लागू हुन्छ । लोकतन्त्रको आवरणमा हुने अराजकता र ‘साहेब’ को छायाँमा लुकेर शासन सत्तामा हैकम जमाउन खोज्ने नक्कली शासकहरु’को रजगज अन्त्य हुन्छ । अब ‘लाइन’मा उभिने हरेक व्यक्तिले ‘मेरो पालो पक्कै आउँछ’ भन्ने विश्वास जगाउने गरी यो सरकारले लोकतान्त्रिक ‘प्रणाली’प्रति जनताको विश्वास जगाउन हदैसम्मको प्रयास गर्छ । नियन्त्रण तथा सन्तुलनका मान्यताहरूलाई मूर्त रुप दिन शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, कानूनी राज र कानूनका नजरमा सबै बराबर छन् भन्ने मान्यता स्थापित गरिनेछ । मर्यादित संस्था र निकायहरुमा देखिएको विचलन र मर्यादामा आएको न्यूनता एवं इमानमा जनताले औँला ठड्याउने स्थिति उपयुक्त हैन । यस्ता संस्थाहरुको गरिमा अभिवृद्धिमा सरकारले ध्यान दिन्छ ।

२२. आर्थिकरुपमा परनिर्भर हुनु पर्दा कसरी राष्ट्रिय स्वाभीमानमा आँच पुग्दो रहेछ र राष्ट्रियता नै जोखिममा पर्दो रहेछ भन्ने पाठ इतिहासले हामीलाई कहिल्यै नबिर्सने सिकाएको छ । त्यसैले योजनाबद्ध आर्थिक विकास, पारस्परिक अन्तरनिर्भरता र व्यापारको विविधीकरणमार्फत मुलुकलाई आर्थिकरुपले आत्मनिर्भर बनाउन सरकार केन्द्रित हुनेछ । सामन्ती शोषणका सबै अवशेषको अन्त्य, उत्पादक शक्ति, उत्पादकत्व एवं उत्पादनमा वृद्धि, सामाजिक न्याय एवं न्यायोचित वितरणसहितको आर्थिक समृद्धि, गरिबी, बेरोजगारी, असमानता एवं परनिर्भरताको अन्त्य र समाजवादउन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्तिका नीतिले हामीलाई मार्गदर्शन गर्नेछन् । सारमा, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकता, शान्ति तथा स्थायित्व र विकास तथा समृद्धिलाई हामीले आफ्नो कामको पाँच आधारकारुपमा अपनाउनुपर्छ ।

२३. दुई तिहाइ जनताको जीवन जिउने आधारका रुपमा रहेको कृषि अझै पनि निर्वाहमुखी, अव्यवसायिक, परम्परागत तथा अनुत्पादक रहनुलाई मैले ठूलो चुनौतीका रुपमा लिएको छु । यसै त टुक्रिएको जमिन, आधुनिकीकरण एवं उत्पादन र उत्पादकत्वको वृद्धिमा समस्याका रुपमा छँदैछ, त्यसमाथि बजार प्रबन्धमा समस्या, उर्बर जमिनको अतिक्रमण र जलवायु परिवर्तन आदिका प्रभावले कृषि क्षेत्रको संकट बढाइदिएको छ । कृषि प्रधान देशबाट, कृषि सवल देशमा परिवर्तन गर्ने, कृषिमा निर्भर दुई तिहाइ जनसंख्यालाई पाँच बर्षभित्र २५ प्रतिशतमा सीमित गर्ने, कृषि उत्पादकत्व पाँच वर्षभित्र चार गुण वृद्धि गर्ने, राष्ट्रिय अर्थतन्त्रमा रहेको कृषिको हालको योगदान एक तिहाइबाट झारेर २० देखि २५ प्रतिशतमा सीमित गर्ने गरी हाम्रा कामहरु अघि बढाइनेछ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषिलाई सम्मानित पेशा र किसानहरुलाई सम्मानित नागरिकका रुपमा अगाडि बढाउने कार्यक्रमहरु सरकारको नीति तथा कार्यक्रममा विस्तृतरुपमा चर्चा गरिनेछ । यस्तै, आगामी नीति कार्यक्रममा जलस्रोत तथा ऊर्जाको विकास, रेल तथा जलमार्ग सहितकोआधुनिक यातायात र पूर्वाधारको विकासको विस्तृत खाका प्रस्तुत गरिनेछ ।

२४. आज हामी कर्णाली प्रदेशको लागि पर्यटन वर्षको शुभारम्भ केही समय पछि नै गर्दैछौँ । पर्यटन उद्योग एउटा प्रदेशको मात्र नभई हाम्रो विकास र समृद्धिको मुख्य आधार पनि हो । पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण, नेपालका पर्यटकीय सम्पदा र गन्तव्यहरुको प्रचार–प्रसार, बजार प्रवर्धन र पर्यटकीय सम्पदाको संरक्षण र सौन्दर्यमा विशेष ध्यान दिइनेछ ।

२५. शिक्षालाई मुलुकको आर्थिक विकास र समृद्धिसँग आबद्ध गर्दै यसका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्न तथा युवाहरुलाई आत्मनिर्भर तथा प्रतिष्पर्धी क्षमतायुक्त बनाउन पुनसंरचना गरिने छ । मैले पद बहाल गरेकै क्षण सबैपालिका तहमा एक÷एक वटा प्राविधिक तथा व्यावसायिक प्रशिक्षण केन्द्रको स्थापना गर्ने निर्णय गरिसकेको छु । हाम्रो शिक्षालाई काम र रोजगारीसँग आबद्ध गर्न प्राविधिक र साधारण शिक्षामा ‘सत्तरी–तीस’को अनुपातमा व्यवस्थित गर्ने नीति हामीले लिनेछौँ । जतिबेला बाँकी दुनियाँ अन्धकारमा थियो, अक्षर हुन्छ भन्ने जान्दैन थियो, त्यतिबेला पनि हाम्रा पुर्खा जीवजन्तु, वनस्पती, प्रकृति, भूगोल र खगोलको अध्ययन गर्थे । कला, संस्कृति र साहित्यको सिर्जना गर्थे । ज्ञानको उत्पादन संग्रह र विस्तार गर्थे । ती ज्ञानी, ती ध्यानि, ती विद्वान ऋषि र मुनिका सन्तान आज निरक्षर र अनपढ हुने, स्कूल जान नपाउने रु विद्यालय भन्ने शव्द, भाव र व्यवहारको सिर्जना जहाँ भयो, तिनका सन्तान विद्यालयमा जान नपाउनेरु अब यो चल्न सक्दैन । म कवि महानन्द सापकोटालाई स्मरण गर्छु, “विधिको यदि त्यही विधान छ भने अब त्यो विधिको पनि आयु पुग्यो पुनः एकपटक जोड दिन चाहन्छु– अब हाम्रा बालबालिका स्कुल जान्छन् । ऋषिमुनिका सन्तान अब स्कुल जान्छन्, जान्छन् १ अबदेखि कुनै पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहने र आर्थिक अभावका कारण बीचैमा पढाइ छाड्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । शिक्षालाई प्रतिष्पर्धी, गुणस्तरीय र जीवनपयोगी एवं समाज उपयोगी बनाइने छ । यस्तो शिक्षा प्राप्त गर्ने व्यक्तिका लागि आफ्नो जीवन सहज र सरल हुने अवस्था सिर्जना गरिनेछ । त्यस्तो व्यक्ति समाजका लागि गुणवान् र उपयोगी हुनेछ । त्यसैले त्यस्तो शिक्षा सुलभ र सबैको पहुँचभित्र हुनुपर्छ । शिक्षा, विकासको लागि हो, विकासको लागि कस्ता र कति जनशक्ति चाहिने हो, त्यसको योजनाबद्ध मानव स्रोतको प्रबन्ध व्यवस्थितरुपमा गरिनेछ । समयले देशको विकासका लागि माग गरेको जनशक्ति उपलव्ध गराउनु शिक्षाको उद्देश्य हो । निकट भविष्यमा शिक्षासम्बन्धी विस्तृत विवरण र कार्यक्रम तयार गरी सोही बमोजिमका ेशिक्षा नीति लागू गरिने छ ।

२६. प्रदूषण र दूषित खाद्यका कारण अहिले संक्रामक सरुवा रोगबाट मात्रै हैन, नसर्ने रोगको महामारीबाट समेत हाम्रा जनता पीडित छन् । उनीहरुको स्वास्थ्यका बारेमा चासो राख्नु राज्यको दायित्व हो । स्वास्थ्य भनेको अस्पताल र ट्याब्लेट मात्रै हैन, स्वच्छ हावापानी, स्वच्छ वातावरण, स्वच्छ खानपान, उचित आनिबानी र दिनचर्या पनि हो । एकचोटी सोचौँ– हिउँ पग्लिएर हामी कहाँ ओखतीको जरा पखाल्दै पानी बग्छ । औषधि पखाल्दैपखाल्दै बगेको पानी खनिजसँग मिसिँदै मिनरल पानी हुँदै आउँछ । हाम्रो हावा र पानी यसरी औषधि छन् । जहाँको खानेकुरा स्वस्थकर र पवित्र छ, प्रदूषित छैन, त्यहाँका मानिस आज रोगी रु यो कसरी हुन्छ रु अब यो स्थितिको अन्त्य गर्नै पर्छ । तसर्थ, स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही वर्षभित्र अर्गानिक नेपाल बनाइनेछ । नेपालको हावा–सही अर्थमा प्राण वायू नेपालको पानी–जीवन जल । हाम्रो नीति उपचार केन्द्रित हैन–आरोग्यता केन्द्रित १ मौलिक अधिकारका रुपमा प्रत्याभूत आधारभूत स्वास्थ्यमा लगानी वृद्धि गरिनेछ । स्थानीय सरकार र समुदायसँग मिलेर प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तीमा यो अधिकारको व्यवहारिक कार्यान्वयन गरिनेछ । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गरिनेछ । गरिबीको रेखामुनि रहेका जनता, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिनेछ ।

२७. भूकम्पपीडित, बाढी र पहिरो प्रभावित तथा घरबारविहीनहरुको पीडाका बारेमा म जानकार छु । तसर्थ, उनीहरुको आवासको हक सुनिश्चित गर्दै क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणलाई तीव्रता दिइनेछ ।

२८. कर्णाली प्रदेशको यो सुन्दर स्थानबाट सम्बोधन गरिरहँदा प्रथा र प्रचलनका नाममा हुने गरेका महिलाविरुद्धका केही घटनाहरु स्मरण गरिरहेको छु । जेसुकै तर्क वा कारणबाट होस्, अब महिलाविरुद्ध हुने सबै किसिमका हिंसा र विभेद प्रभावकारी ढंगले अन्त्य गरिनेछ । बालविवाह, बहुविवाहलाई पूर्णतः निषेध गरिनेछ । जातीय भेदभाव तथा छुवाछूत पूर्णरुपमा उन्मूलन गरिनेछ । कर्णालीलगायतका दुर्गम प्रदेशका जनतालाई विकासको औशत राष्ट्रियस्तरसम्म पु¥याउन राज्यबाट विशेष कार्यक्रम लागूगरिनेछ । तराई–मधेशमा व्याप्त गरिबी, अभाव र अविकासको समस्यालाई सम्बोधन गरिनेछ । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु १

२९. हामीलाई थाहा छ– समाजमा दृष्टान्त कायम गर्ने माथिबाटै हो । नैतिक स्वच्छता कायम गर्न सरकारले आफैँबाट शुरु गर्ने छ । प्रधानमन्त्रीका रुपमा मैले यसको अगुवाइ गर्नेछु । म मेरा सबै मन्त्रीहरु, सांसदहरु र राष्ट्रसेवकहरुलाई आह्वान गर्छु– हामीले प्रकृतिकोसुन्दर वरदानका रुपमा यो जीवन प्राप्त गरेका छौँ । संयोगबश नेपालमा जन्मिन पाएका छौँ र यसको राजनीतिक र प्रशासनिक क्षेत्रको नेतृत्वदायी स्थानमा आइपुग्न पाएका छौँ । वीरलै मान्छेलाई प्राप्त हुने यो अवसरको अधिकतम सदुपयोग गरौँ । कुनै महत्वपूर्ण नीतितर्जुमा गरिरहेकाबेला या कुनै निर्णय गर्न लागिरहेका बेला हामीले गाउँमा तर्तरी पसिना बगाइरहेका जनताको पीडालाई हेक्का राखौँ, विदेशमा कष्टसाध्य परिश्रम गरिरहेका दाजुभाइ दिदीबहिनीहरुको आँखामा झल्किरहेका आशालाई याद गरौँ– गलत निर्णय गर्न हात काँप्नेछन् । क्षणिक स्वार्थका लागि गरिने भ्रष्टाचार र अनियमितापछि खेप्नुपर्ने कानूनी र नैतिक दण्डका तुलनामा त्यसबाट आर्जित सुखसुविधाहरु क्षणिक हुन्छन् भन्ने कुरालाई सधैभरि मनन् गरौँ ।

३०. अनेकौँ आरोहअवरोह, सफलता विफलता र एकता–विभाजनका शृङ्खला पार गर्दै नेपाली राजनीति आज यस महत्वपूर्ण बिन्दुमा आइपुगेको छ । सामन्ती राज्यप्रणाली, निरंकुश शासन व्यवस्था, द्वन्द्व, अस्थिरता, संक्रमणकाल र भ्रष्टाचारलगायत अनेकौ कारक तत्वहरुले गर्दा मुलुकले आजसम्म विभिन्न पीडा भोग्न बाध्य भयो । अब इतिहासको पाना बदल्ने बेला भएको छ । संयोगवश, नयाँ इतिहास निर्माणको यस ऐतिहासिक बिन्दुको नेतृत्व गर्ने अवसर तपाइँहरुको अपार माया पाएर व्यक्तिगतरुपमा म, हाम्रो सरकार र वामपन्थी गठबन्धनलाई प्राप्त भएको छ । तीव्र रुपमा परिवर्तन भइरहेको विश्व, हाम्रै भू–राजनीति र समग्र परिवेशले हामीलाई स्थायित्व र समृद्धिका दिशामा बेगका साथ अगाडि बढ्न आह्वान गरिरहेका छन् ।

३१. निर्वाचनमा प्रतिष्पर्धा लोकतान्त्रिक प्रणालीको अपरिहार्य विशेषता हो । यस्तो प्रतिष्पर्धा राज्यसञ्चालनका लागि जनताबाट वैध आदेश प्राप्त गर्नका लागि हो । एकचोटी त्यस्तो जनादेश प्राप्त भएसँगै निर्वाचनकालीन प्रतिष्पर्धाको ठाउँ निर्माणमा सहकार्यले लिन्छ, लिनुपर्छ । निर्वाचनमा प्राप्त बहुमत दम्भ र वर्चस्वका लागि होइन । त्यसरी नै, प्रतिपक्षीकोस्थान पनि अन्त्यहीन विरोध, असहयोग या कटुताका लागि होइन । म विनम्रताका साथ मुलुकमा क्रियाशील सबै राजनीतिक दलहरुलाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका वृहत्तर विषयहरुमा समझदारीका साथ अगाडि बढ्न आह्वान गर्दछु । आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु १ म तपाइँहरुलाई आत्मविश्वासका साथ भन्न चाहन्छु– पाँच वर्षपछि नयाँ निर्वाचनमा तपाइँहरुका अगाडि आइपुग्दा हाम्रा काम र उपलब्धिहरुले तपाइँहरुलाई आफ्नो अमूल्य मत सही ठाउँमा परेको रहेछ भन्ने विश्वास दिलाउने छन् । पाँच वर्षभित्रैमा देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने छ, सकारात्मक दिशामा । यसमा आश्वस्त हुन र नयाँ सरकारका काममा आवश्यक सुझाव, चासो र सहयोग पु¥याउनुहुन अनुरोध गर्दछु । हामी सबै एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रुत गतिले अगाडि बढाउन सकौँ, यही चाहनासहित आजैबाट प्रारम्भ भएको विसं २०७५ स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुका लागि सु–स्वास्थ र सफलताको वर्ष हुन सकोस्, मेरो हार्दिक शुभकामना । धन्यवाद १