समाचार

झण्डै डेढ करोडको सुनसहित दुई भारतीय कालोबजारीया बिमानस्थलबाट पक्राउ

काठमाण्डौ । प्रहरीले जुत्ताभित्र लुकाएर तस्करी गरेको अवस्थामा दुई भातीय नागरिकलाई त्रिभुबन बिमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीले २० बर्षीय राकेश पाडिगेला राहदानी नम्बर ( ४१५३०७४) र २७ बर्षिय सन्तोष गाड कुण्डलवार (राहदनी नम्बर ६८९६३१५) भारतीय नागरिकलाइ दुबईबाट काठमाण्डौ र्ओिएको अवस्थामा ८ सय ३० ग्राम सुनसहित प्रकाउ गरेको छ ।
प्रकाउ परेको सुन एक करोड ४२ लाख पर्ने जनाईएको छ । आवागमन गेटमा प्रहरीले चेकजाँच गर्दा उक्त अबैध सुन लिएर हि.डेका ब्यक्ती भेटिएका हुन् ।

प्रहरीले पक्राउपछि सुन र कालोबजारीया दुबैलाई कारबाहीका लागि त्रिभुबन अन्तर्राष्ट्रिय भन्सार कार्यलय पठाएको जनाएको छ ।