समाचार

यातायात ब्याबशायीको अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा

काठमाण्डौ । सरकारले सिण्डिकेट खारेज गरेको भोलीपल्ट बुधबार पत्रकार सम्मेलन गरेर यातायात ब्याबशायी संघले देशभर बन्दको आयोजना गरेको छ ।

आज पत्रकार सम्मेलन गरेर यातायात ब्याबशायी महासंघले बैसाख २१ गतेदेखी गाडी आफ्नो ग्यादेजमा थन्क्याउने र बैसाख २७ गतेदेखी अनिश्चितकालीन बन्दको आन्दोलन गर्ने कार्यक्रम छ ।
मंगलबारको क्याबिनेट बैठकले जिल्ला प्रशाशन कार्यालयमा यातायातको नबिकरण नगर्ने निर्णय गरेपछ यातायात ब्यावशायीहरु रुष्ट भएका थिए ।
रुष्ट भएपनि उनीहरुले सतवटै प्रदेशका मूख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने, कालो झण्डा लगाएर गाडी चलाउने, यातायातसंग सम्बन्धित नेताहरुलाई भेटेर कुरा गर्ने लगायतका कार्यक्रम छन् । कुरा नसुनेमा देशभरया यातायातहरु ग्यारेजमा थन्क्याउने आन्दोलनका कार्यक्रम समेत उनीहरुले राखेका छन् ।

-संघको बन्दका कार्यक्रमसहितको बिज्ञप्ती