राजनीति

तरुण दलकोे वडासम्म नै काँग्रेस बलियो बनाउने कृयाकलाप देखिन थालेपछि बाम गठबन्धन यसरी आत्तिदैछ

काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको लफडा चलिरहेका बेला भातृसंगठन तरुण दल भने ७५ वटै जिल्लामा तरुण दलको जिल्ला, स्थानीय तह र देशभरका वडाभेलामा केन्द्रित भएको छ ।

आज तरुण दलका महासचिब भूपेन्द्रजंग शाहीले बिज्ञप्ती निकाल्दै तरुण दलको भेलाको मिति तय गरेका हुन् । उनका अनुसार जेठ ५ गते जिल्लास्तरिय नेता कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रम, जेठ १२ गते महानगर उपमहानगर, नगर र गाँउपालिकाहरुमा भेला तथा प्रशिक्षण कार्यक्रम र जेठ १९ गते ७७ वटै जिल्ला र स्थानीय तहका वडाहरुमा तरुण भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

माउ पार्टी नेपाली काँग्रेसले भने सोमबारको आफ्नो केन्द्रीय समिति बैठक बस्न नसकेर २१ गतेका लागी सारेको भएपनि युवा भातृसंगठन तरुण दलले आफ्नो शक्ती प्रयोग गर्दै देशभर युवाहरुलाई सकृय गराउने अभियानलाई सबैभन्दा तल्लो तह अथवा वडासम्म लाने अभियान चलाएको छ ।

नगरकोटको जिल्ला सभापतिहरुको प्रशिक्षण कार्यक्रमबाट शुरु गरेको तरुण कृयाकलापलाई केहिदिन अगाडिमात्र सातैवटा प्रदेशमा प्रदेशस्तरीय भेला तथा प्रशिक्षण सम्पन्न गरेको थियो ।

बाम एकताबाट अतालिएको काँग्रेसलाई बचाउन अन्य भातृसंस्थाहरुको महत्वपूर्ण रोल नदेखिएपनि नेपाल तरुण दलले पार्टीलाई बचाउन सकृय रहेको देखिन्छ । तरुण दलमा अध्यक्ष उपाध्यक्ष, महासचिब र कोशाध्यक्षमात्र ४ जना भएपनि काम भए राम्रोसंग भएको पछिल्ला तरुणदलका कार्यकमहरुले देखाएका छन् ।

तरुण दललाई सकृय बनाएर वाडसम्म नै लाने काँग्रेसको डिजायनबाट काँग्रेसलाई सकियो भनेर चियापसलमा कुराकाट्ने बामबुद्धिजिवीहरु आत्तिन थालेको नेकपा एमालेका जिम्मेवार नेताले नाम नभन्ने शर्तमा सुर्यखबरलाई बताए ।

एमाले माओबादी लगायतका कम्न्युष्टहरु काँग्रेस सिद्धिएको भनेर प्रचार गरेपनि तरुण दलका पछिल्ला कृयाकलापबाट डराएको अनुमान समेत लगाउन सकिन्छ ।