आर्थिक

आइएमई लाइफ र ग्लोबल आइएमई बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी र ग्लोबल आइएमई बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैंकका तर्फबाट कार्यकारी अधिकृत जनकशर्मा पौडेलले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंककाग्राहकहरुले ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमाआइएमई लाइफइन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्तगर्न सक्नेछन् ।

आइएमई लाइफइन्स्योरेन्स कम्पनीले हाल ५० स्थानबाट बिभिन्न शाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सर्बाधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता सहितको आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइएमई लाइफइन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यून भन्दान्यून आयभएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवनबीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा बिस्तार गर्नु रहेको छ ।

उक्त कुरा आईएमईका सूचना अधिकृत राजु पौडेलले एक बिज्ञप्ती जारी गर्दै बताएका छन् ।