आर्थिक

पेप्सीमा भेटियो अखाद्यबस्तु, सर्बसाधारणको स्वास्थ्य जोखिममा !

इटहरी । दुहवी नगरपालिका २ स्थितमा रहेको अमन कोल्ड्रीङबाट खरिद गरेको शिलप्याक पेप्सीको बोतलमा अखाद्य वस्तु फेला परेको छ । दुहवी २ बस्ने देवराज ओझाले खरिद गरेको पेप्सीमा अखाद्य वस्तु फेला परेपछि इलाका प्रहरी कार्यालय दुहवी र दुहवी नगरपालिकामा जानकारी गराएको ओझाले बताए । दुहवी नगरपालिकामा बजार अनुगमन न हुँदा गुणस्तरहिन समान तौल कम भएको समान र म्याद नाघेको समान बारम्वार फेला पर्दा समेत दुहवी नगरपालिकाको अनुगमन समिति मौन रहेको छ । दुहवी नगरपालिकामा अनुगमनको नाममा लाखौं खर्च हुँने गरेको छ ।