आर्थिक

साँग्रिला डेभलपमेन्ट बैंकको कार्यकारी अधिकृतमा अनुभबी बैंकर सुुयोग श्रेष्ठ नियुक्त

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकके प्रमुुख कार्यकारी अधिकृतमासुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । विकास बैंकको शुक्रबार बसेको संचालक समितिको २ सय १४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो । संखुुवासभा जिल्लाको चैनपुुरमा जन्मिएका श्रेष्ठ ४६ बर्षका छन् । श्रेष्ठ यस अघि तत्कालीन एस डेभलपमेन्ट बैंक को प्रमुुख कार्यकारी अधिकृत थिए ।

श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयां दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उर्तिण गरेका छन् । सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकि¨ करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा Internal Audit Department Head सम्मको जिम्मेवारी सम्हालेका थिए । सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुुदैं प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरि सकेका छन् र सो पश्चात सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्य समेत गर्नुु भएका श्रेष्ठ सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरि सकेका छन् ।
यसरी बिभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूूर्ण पदमा रही लामो बैंकि¨ अनुुभव हासिल गरेका श्रेष्ठको कार्यकाल तथा नयां नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंकलाई थप सफलता तथा उचाई प्रदान हुुने संचालक समितिले विश्वास लिएको बैंक संचालक समितिको बिश्वास छ ।