आर्थिक

सिभिल बैंकद्वारा बालविकास समाजलाई दुई लाखप्रदान

काठमाण्डौ । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहनगर्ने क्रममा आज एक कार्यक्रमबीच बालविकास समाजलाई रु दुई लाखको चेक हस्तान्तरण गरेको छ । उक्तm चेकसिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बालविकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बालविकास समाजका संचालक समिति, सरकारी पदाधिकारीहरुको उपस्थििति रहेको थियो ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरामननगर्दै बालविकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफबिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

सिभिल बैंकले आफ्नो स्थापनाकाल देखि नै बालबालिकाको क्षेत्रमाआफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत पाँच खालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १०सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ । यस बालविकास समाजसँग पनि बैंकले विगत २ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेको बैंकले जनाएको छ ।