राजनीति

ओली सरकार दुई तिहाईको दम्भमा नागरिकमाथी गोली बर्साउँदै हिडेको छः डा. कोइराला

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रिय सदस्य डा शेखर कोईरालाले कन्चनपुर घटनाका दोषीलाई उन्मुक्ती दिएर सरकारले दण्डहिनतालाई प्रश्रय दिएको बताएका छन् । डा कोईरालाले प्रहरी प्रशासनले घटनालाई कमजोर बनाउँन लागेको बताउदैँ दोषी जतिसुकै शक्तीशाली भएपनि कानुनी कठघरामा ल्याउनुपर्ने बताएका हुन् ।

कोईरालाले बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दा सरकारले जनतालाई गोली उपहार दिएको समेत बताए । नेपाल महिला संघ मोरंग–३ ले सलकपुरमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले सरकार एकदलीय तानाशाही शासनतर्फ अगाडी बढीरहेको बताए । डा कोईरालाले सरकार दुई तिहाईको दम्भमा नागरिकमाथी गोली बर्साउँदै हिडेको बताए ।

उनले संबिधान प्रदत्त नागरिक अधिकार नखोस्न सरकारलाई चेतावनी दिए।कार्यक्रममा प्रदेश सभा सदस्यः लोकप्रसाद संग्रौला र शेखर थापा, मोरंग काँग्रेसका युवा नेताः बसन्त भट्टराई, ललित श्रेष्ठ, देवराज तामांग लगायतले धारणा राखेका थिए ।