आर्थिक

सांग्रीलाले दियो कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम

काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंकले यहि भाद्र १ गते देखी १० गते सम्म नबनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम सम्पन्न गरेको छ । नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धीत कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उदेश्यले अभिमुखीकरण तालीम राखिएको थियो । तालिममा नबनियुक्त ६५ जना कर्मचारी सहभागी भएका थिए । उक्त तालिममा नबनियुक्त कर्मचारीहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधा सम्बन्धि आवश्यक तालिम प्रदान गरिएको थियो ।

१० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताएका थिए । यसैगरि निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कर्जा तथा मार्केटिङ्ग प्रमुख निर्मल कुमार श्रेष्ठले उक्त कार्यक्रममा संस्थाले कर्मचारीको सीप बिकास तथा तालीमको लागि अभिमुखीकरण तथा बैंकिङ्ग तालीम कार्यक्रम गर्दै आएको तथा यस्ता कार्यक्रमले कर्मचारीको आत्मविश्वासमा समेत बृद्धी गरि बैंकको प्रतिनिधित्व गर्न थप उर्जा प्रदान गर्ने बताएका थिए । कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिम निकै फलदायी भएको र उक्त अभिमुखीकरण तथा बैंकिङ्ग तालीममा सहभागी हुदाँ सबैसंग चिनजान गर्ने मौका र काम गर्नै हौसला मिलेको निमित्त प्रमुख कार्यकारी अधिकृत  क्षेष्ठले बताए ।

१० दिन सम्म चलेको उक्त कार्यक्रम बबरमहल स्थित साप फल्चा हलमा भएको थियो । कर्मचारीलाई तालिमको समापन कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो । सांग्रीला डेभलपमेन्ट बैंकले खोल्न लागेका नयाँ शाखाहरु संचालनमा आए पश्चात बैंकको शाखा संजाल देशभर गरि ८७ ओटा पुग्नेछन् ।