आर्थिक

एनआई सी एशिया बैंकको नयाँ शाखा तनहुँको डुम्रेमा

काठमाण्डौ । एनआई सी एशिया बैंकको नयाँशाखा कार्यालय तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका, वडा नं. १, डुम्रेस्थित डुम्रेशाखाको एनआई सी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले बिहीबार भव्य समारोहका बिच समुद्घाटन गरेका छन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २४१ शाखाकार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू. १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५५ अर्ब तथाकर्जा रू. १२७ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।