स्वास्थ्य

बिमस्टेक–मेडिसिटीका चिकित्सक हेलिकप्टरसहित तयारी अवस्थामा

काठमाण्डौ । बिमस्टेक सम्मेलनकालागि आउनु भएका विभिन्न देशका राष्ट्रप्रमुखहरु तथा विशिष्ट पाहुनाहरुलाई आकस्मिक चिकित्सा सेवाकालागि नेपाल मेडिसिटी अस्पताल हेलिकप्टरसहित तयारी अवस्थामा रहेको छ ।
नेपाल मेडिसिटी अस्पतालको आई.सि.यु., इमरजेन्सी तथा भिआईपी वार्डहरुलाई बिमस्टेककालागि छुट्याएको छ ।
अस्पतालले इमरजेन्सी कक्षतथा हेली इमरजेन्सी मेडिकल सर्भिसका प्रमुख डा. संजय कार्कीको नेतृत्वमा सिम्रिक एयरको हेलिकप्टरलाई अस्पतालको हेलिप्याडमै राखीकुनै पनिआकस्मिक सेवाकालागि तयारी अवस्थामा रहेको छ ।
नेपाल मेडिसिटी अस्पतालले हेली इमरजेन्सी मेडिकल सर्भिसकालागि दूईवटा टोलीलाई तम्तयार राखेको छ भने एउटा टोलीएम्बुलेन्स सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भम्रण टोलीका साथमा आकस्मिक उपचारका लागि खटिएको छ ।
विशिष्ट पाहुनाहरुको आकस्मिक उपचारको लागि सरकारी तथा गैह्रसरकारी अस्पतालहरुको यस बृहद् सहकार्यले नेपालपनि सबै प्रकारको उपचारका लागि सक्षम रहेको सन्देश गएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिसिटीे अस्पताललाई हेलिकप्टर सहित आकस्मिक उपचारका लागितयारी अवस्थामा रहन पत्राचार गरेको अस्पतालले जनाएको छ ।