अन्तर्राष्ट्रिय

१२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने विधेयक पारित

काठमाडौं । पछिल्लो समय नेपालमा मात्र नभई भारतमा समेत बलात्कारका घटनाले वितण्डा मच्चाएपछि भारतको संसदबाट कडा कानुन पारित भएको छ । बलात्कारका कारण भारत विश्वभर बदनाम बनेको भन्दैँ भारतले एउटा बलात्कारसम्बन्धी कडा कानुन संसदबाट पारित गरेको हो ।

केही दिन अगाडी पारीत भएको विधेयकमा १२ वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने प्रावधान राखिएको छ । अपराधिक कानुन संशोधन विधेयक २०१८ सोमबार तल्लो सदन लोकसभाबाट पारित भएको हो ।

यो विधेयकमा १६ वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार गर्नेलाई कम्तिमा २० वर्षदेखि बढीमा आजीवन जेल सजाय हुने प्रवाधान राखिएको छ । लोकसभाबाट विधेयक पारित हुँदा सबै दलले समर्थन जनाएका थिए।