स्वास्थ्य

भवन नहुँदा स्वास्थ्यसेवा दिन अप्ठ्यारो

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरदर दैनिक सुत्केरी हुने ५७ महिलामध्ये १७ शल्यक्रिया बाट हुनेगर्दछ । पछिल्लो समय अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउने विधिलाई निरुत्साहित गर्दै आएको छ । गत आवमा अस्पतालमा भर्ना भएका २८ हजार ५०३ महिलामध्ये २० हजार ६८० महिला सुत्केरी भएका थिए ।

अस्पतालका निर्देशक प्रा डा. जागेश्वर गौतमले अस्पतालको ५९ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सुत्केरी भएकामध्ये ६ हजार ८२ महिलाको मात्र शल्यक्रियाका माध्यमबाट बच्चा जन्माइएको जानकारी दिए । प्रसूति तथा स्त्रीरोग उपचारका लागि ४१५ श्ययाको सो अस्पतालको भवनलाई भूकम्पले क्षति पु¥याएका कारण अहिले ३५० श्ययामा खुम्चिन बाध्य रहेको छ । जापान सरकारको सहयोगमा निर्माणाधीन तीन तले भवन अगामी वर्ष हस्तान्तरण गर्ने कार्यक्रम छ ।

“श्ययाको अभावमा अस्पतालमा सेवा लिन आउने बिरामीलाई नफर्काउने तथा अन्यत्र नपठाउने अस्पतालको नीति छ । आर्थिक अभाव भएर बिरामी बिना उपचार फर्किनु पर्दैन”, निर्देशक प्रा डा. गौतमले भने ।
आमा सुरक्षा कार्यक्रम, नवजात शिशु उपचार, पाठेघर उपचार सुरक्षित गर्भपतन लगायतका सेवा अस्पतालमा निःशुल्क रहेको छ । गत आवमा एक हजार २७८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । गत आवमा एक लाख ८४ हजार १९९ महिलाले प्रसूति तथा स्त्रीरोग सेवा लिएका थिए ।
हाल अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रही प्रसूति तथा स्त्रीरोग सम्बन्धी स्नातकोत्तर (एमडी), प्रसूति नर्सिङ (मिडवाइफरी) तथा परोपकार नर्सिङसमेत सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले दरबन्दी अनुसार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रदेश तहमा पु¥याउन मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिँदै यस अस्पताल प्रसूति तथा स्त्रीरोग उपचारमा केन्द्रीय अस्पताल हुने छ भने। परिवार स्वास्थ्य महाशाखाका प्रमुख चिकित्सक डा. आरपी विच्छाले आमा सुरक्षा कार्यक्रम अन्तर्गत अस्पताललाई थप सहयोग प्रदान गर्ने जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष डा. लता बज्राचार्यले मातृशिशु तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको अस्पतालाई अगामी दिनमा सरकारले थप आर्थिक सहयोग प्रदान गर्नुपर्ने बताए ।