पु.समाचार

कञ्चनपुर बलात्कार काण्डः अपराध विज्ञ एसएसपी ज्ञवाली अनुसंधानमा खटिए

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई खटाएको छ ।

कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित समितिलाई थप सहयोग गर्ने गरी प्रवउ ज्ञवालीलाई घटनास्थलमा खटाइएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले जानकारी दिए । “यसअघि गठित समितिलाई थप सहयोग गरी अनुसन्धानलाई प्रभावकारी बनाउन प्रवउ ज्ञवालीलाई घटनास्थल पढाइएको हो”, उनले बताए ।

स्थानीयवासीले सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेपछि कञ्चनपुरका नागरिक समाज र पीडित परिवारलगायतले अपराधी पत्ता लाग्ने आश्वासनमा आन्दोलन स्थगन गरेका थिए ।
अहिले सम्म पीडक पत्ता नसकेपछि नागरिक समाज र अन्तर्राष्ट्रिय स्तरबाट यस घटनासंग जोडेर ओली सरकारको समेत बिरोध भईरहेको छ । अपराध अनुसंधानमा अनुभबी एसएसपी ज्ञवालीले उक्त घटनामा महत्वपूर्ण अनुसंधान गर्ने अनुमान प्रहरीको छ ।