स्वास्थ्य

आँखा अस्पतालमा धरेल

चितवन । भरतपुर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्षमा कृष्णराज धरेल मनोनित भएका छन् । नेपाल नेत्रज्योति सङ्घको केद्रीय समितिले धरेलको अध्यक्षतामा पाँच सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिका सदस्यमा चिजकुमार मास्के, जयराम श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का र केशव अधिकारी चयन भएका छन् । मास्के यसअघिका अस्पताल सञ्चालक समितिको अध्यक्ष रहेका थिए, भने श्रेष्ठ नेत्रज्योति सङ्घ चितवनको उपाध्यक्ष, खड्का कोषाध्यक्ष र अधिकारी सहसचिव छन् ।

अध्यक्ष धरेल नेत्रज्योति सङ्घ चितवन शाखाको नवनिर्वाचित सभापति हुन् । सञ्चालक समितिमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सदस्य–सचिव र महानगरपालिकाको प्रतिनिधि सदस्य हुने व्यवस्था छ । अस्पताल नेत्रज्योति सङ्घले सञ्चालन गर्दै आएको छ ।