समाचार

माओबादी कार्यकर्ता, फोरमबाट मेयर हुंदै नेकपामा प्रवेश गर्न मेयर सरावगीले दिए राजीनामा !

काठमाण्डौ । प्रदेश नम्बर २ को महत्वपूर्ण केन्द्रका रुपमा हेरिएको बिरगंज महानगरपालिकाका मेयर विजय सरावगीले संघीय समाजबादीबाट राजीनामा दिएका छन् । उनले संघीय समाजबादी पार्टीबाट निर्बाचन लडेर निर्बाचन जिेतेका भएपनि पार्टीले अनावश्यक दबाब दिएको बताउदै ह्वाट्सअपबाट राजीनामा दिएका हुन् ।

ब्याबशायीक पृष्ठभूमि भएका मेयर सरावगीलाई पर्सास्थीत स्थानीय संघीय समाजबादीका नग तथा जिललास्तरका नेता कार्यकर्ताहरुको दबबाबबाट हैरान भएपछि काम गर्न नसक्ने स्थीति आएपछि राजीनामा दिएको बताईन्छ ।

उपप्रधान एबम् स्वास्थ्यमन्त्री समेत रहेका संघीय समाजबादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबसँग यसबारेमा बुझ्न खोज्दा मोवाईल सम्पर्क हुनसकेन । गत स्थानीय निर्बाचनमा राजपासंग तालमेल गरेर मेयरमा निर्बाचित भएका सरावगीसंग राजनीतिक भन्दा ब्यापारीक संस्कृति भएका कारण आवेशले उनले दबाब झेल्न नसकेर राजीनामा दिएका हुनसक्ने अनुमान राजनीतिकबृतमा लगाउन सकिन्छ ।

संघीय समाजबादी संसदमा प्रतिनिधित्व गर्ने तेस्रो दलमा छ भने २ नम्बर प्रदेशमा पनि उसकै नेतृत्वमा सरकार छ । बिजय सरावगीको राजीनामा स्वीकृत नभएपनि उनले अन्य पार्टीमा प्रबेश गरेर राजनीति गर्ने सोेच समेत बनाएको अनुमान लगाउन सकिन्छ । उनी काँग्रेस वा नेकपामा समेत प्रबेश गर्ने सम्भाबना रहन्छ । मधेश आन्दोलनबाट आएको संघीय समाजबादीका नेता समेत रहेको हुनाले संघीय समाजबाादीबाट राजीनामा नै स्वीकृत भएमा राजपामा प्रबेश गर्ने समभाबना समेत नभएको होईन ।
अहिले राजीनामा स्वीकृत भएपछि मात्र उनी के गर्छन् भन्न मिल्छ । मेयरको पहिला माओबादीसंग समानुपातिकमा टिकटसमेत पाएको पछिल्लो समयमा एमालेप्रति हिमचिम बढेका कारण पनि मेयर सरावगीले राजनीनामा दिन खोजेका हुनसम्छन् तयो भन्दा अलवा अध्यक्ष यादबसँग कुरा गरेर बलियो मेयर हुन थर्काएको समेत हुनसक्ने बीरगंजका एक पुर्बसँसदले सुर्यखबरलाई बताए ।
मेयर सरावगीका पीताहरु भने काँग्रेससंग नजिक रहेको उनले खुलस्त गरे ।