शिक्षा

न्यौपानेलाई विद्यावारिधी उपाधि

काठमाडौँ । अनुसन्धानकर्ता दशरथ न्यौपानेले भारतको राजस्थानस्थित डा केएन मोदी विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि प्राप्त गरेका छन् ।

‘एग्रेसन इन खालेद हुसेनीज् अ थाउजेन्ट स्प्लेण्डिड सन्स्’ शीर्षकअन्तर्गत अङ्ग्रेजी साहित्य विषयमा न्यौपानेले अध्ययन अनुसन्धान गरेर विद्यावारिधी उपाधि पाएका हुन् । उनले सन् २०११ देखि २०१८ सम्म सात वर्ष लगाएर उक्त विषयमा विद्यावारिधी गरेको थियो । न्यौपानेले यही सोमबार भारतको डा केएन मोदी विश्वविद्यालयबाट उक्त उपाधि लिएका हुन् ।

लमजुङ राइनास नगरपालिका–१ का न्यौपानेले अमेरिकी, भारतीय र नेपाली विभिन्न जर्नलमा समेत अनुसन्धानात्मक लेख प्रकाशित गरिसकेका छन् ।