मनोरञ्जन

ठेलामा मःम बेच्दै आएका कपिलको पहिलो गीत साला

कठमाण्डौ । ठेलामा मः म बेच्दै गायकबनेका कपिल पौडेलको पहिलो गीतसाला काठमाण्डौँ सार्वजनिक भएको छ। गयक बन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चौकमामा ठेलामा मःम बेच्दै आएका थिए । उनको गायकी क्षमताको युट्युवमा चर्चा भएपछि उनी एकाएक चर्चित भएका थिए । उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेका हुन्।

निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगित रहेको छ ।  काठमाण्डौँमा सपनाबोकेर आउने युवा र उनले काठमाण्डौँमा पाउने असफलता र दुखबोल्ने गीतमा अभिनेता शिशिर भण्डारीको अभिनय रहेको छ । काठमाण्डौँमा पाएको असफलतामा निरासा व्यक्तगर्न ‘साला काठमाण्डौँमा’भन्ने शब्द राखिएको कपिलको भनाई रहेको छ ।

सन्तोष खनाल ‘फिल्मीकिरो’को निर्देशनमा बनेको भिडियोमा वाइपि घिमिरेको सिनेमेटो ग्राफी रहेको छ । भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेकाहुन्। गीतको भिडियो नयाँनयाँ न्युज नेपालको औपचारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।