आर्थिक

विकास बैंक एसोशिएसन अध्यक्षमा ढकाल, महासचिवमा ज्ञवाली

काठमाण्डौ । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित भएका छन् । एशोसियसनको शुक्रबार काठमाण्डौमा सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले ढकालसहित कार्य समितिका पदाधिकारीहरु चयन गरेको छ ।

अध्यक्षमा गोविन्द प्रसाद ढकाल, गरिमा विकास बैंक, प्रथम उपाध्यक्ष प्रद्युमन पोखरेल, मुक्तिनाथ विकास बैंक, द्वितीय उपाध्यक्ष रेशम बहादुर थापा, गण्डकी विकास बैंक, महासचिव मनोज कुमार ज्ञवाली, ज्योति विकास बैंक, सचिव प्रदिप कुमार श्रेष्ठ, तिनाउँ विकास बैंक, कोषाध्यक्ष सुयोग श्रेष्ठ, सांग्रिला डेभलपमेण्ट बैंक, सदस्य तर्फ क्रमसः रमेश प्रसाद जोसी, सिन्धु विकास बैंक, नरेशसिंह बोहरा, लुम्विनी विकास बैंक, विरुराम जैसी, कञ्चन डेभलपमेण्ट बैंक, प्रविन वस्नेत, कामना सेवा विकास बैंक र नविन सुवेदी, सप्तकोशी डेभलपमेण्ट बैंकका प्रतिनिधिहरु निर्वाचित भएका छन् ।
नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सोही साधारण सभामा सपथ ग्रहण गरी कार्यभार सम्हालेको छ ।