बाग्मती

बस दुर्घटना हुँदा एक जनाको मृत्यु

साँखु । गोकर्णेश्वर नगरपालिका–४ इटी चोकमा आज दिउँसो १ बजे सार्वजनिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुन्दरीजलबट रत्नपार्क जाँदै गरेको बा१ख ८७४४ नंको बस दुर्घटना हुँदा बसकै सहचालक सागर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार अन्य २० जना घाइते भएको र उनीहरुको उपचार जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए ।

बस सडकबाट पाँच फिट तल खेतमा पल्टिएको थियो । चन्दका अनुसार सवारी चालकलाई नियन्त्रणमा लिइएको छ ।