२६ असार, काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणको विषयमा प्रहरीले अनुसन्धान गर्न काठमाडौं महानगरपालिकका ३ नगरप्रहरीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी काठमाडौंका प्रवंक्ता एवं एसपी पवन भट्टराईले यही प्रकरणको विषयमा तीन जना नगरप्रहरीलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
बिहीबार त्रिपुरेश्वरमा नगरप्रहरीले ह्वील लक गरेपछि मुगुका २५ वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । केहीबेरमा उद्दार गरेर वीर अस्पताल लगिए पनि शुक्रबार मध्याह्न उनको निधन भएको थियो ।
आत्मदाह प्रयासमासमेत नगर प्रहरीले रोक्न नखोजेको, बाइक उठाएर लान खोजेको भन्दै नगर प्रहरीको आलोचना भएको छ । प्रत्यक्षदर्शीले नै घटना हुन लाग्दासमेत नगर प्रहरीले बेवास्ता गरेको बयान दिएका छन् । सडकमा पार्किङ नगर्दै ह्वील लक लगाइएको थियो ।





