काठमाण्डौ । ग्लोबल आइएमई बैंक र नेपाल खुला विश्वविद्यालयबीच शुल्क सङ्कलन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा विश्वविद्यालयको तर्फबाट कुल सचिबकमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गरिन् ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकमा खाताखोलिसकेपछि नेपाल खुलाविश्वविद्यालयका विद्यार्थीहरुले बैंकको मोबाइल एप्लीकेशन तथा अनलाइन बैंकिङ्गमार्फत शुल्क तिर्न सक्नेछन् ।
हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्सटेन्सनतथा राजश्व संकलन काउण्टर, १८८ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ ।





