पु.समाचार

राष्ट्रपति भण्डारी शीतल निवासबाट हेलिकप्टर चढेर बिमानस्थल गएकोमा जनताले दिए महारानीको उपमा

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नेछिन् । राष्ट्रपति भण्डारी शीतल निवासबाट सीधै हेलिकप्टर चढेर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गएकी थिईन् । उनको सीधै हेलिकप्टर चढेर बिमानस्थल गएको कुरामा महारानी भन्दै सामाजिक सञ्जालमा सबैसाधारणले बिरोध गरिरहेका छन् ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिवलगायत छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापाले बिदाई गरेका थिए ।

सो अवसरमा मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधिलगायत विशिष्ट व्यक्ति उपस्थित थिए । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।