काठमाडौं । सानिमा बैंक लिमिटेडले बुधबार आफनो १५ औंवार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकका अध्यक्षश्री विनयकुमार श्रेष्ठको अध्यक्षतामाभएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापुँजीको १० प्रतिशतवोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७५÷७६मारु २.२६ अर्व खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १०९.०६अर्व, कुल निक्षेप रु ९२.२८ अर्व तथा खुद कर्जा सापटी रु ८३.४४अर्व रहेको छ ।
आर्थिक वर्ष २०७४÷७५को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२, १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको वित्तिय परिसूचक (असार मसान्त२०७६)
निस्क्रियकर्जा ०.०८५
पुँजीकोष १३.१९५
तरलता २२.८७५
कर्जा निक्षेप अनुपात (मासिकऔसत) ७७.९१५





