आर्थिक

सिद्धार्थ बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा मिति २०७६ कार्र्तिक ७ गते बिहिबार काठमाडौंमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएकोे छ ।

साधारण सभाले बैंकको चुतmा पूँजी आठ अर्ब ,८८ करोड ७६ लाख ०४ हजार ५४० को १० प्रतिशत बराबरको रु ८८ करोड ८७ लाख ६० हजार ४५४ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको एक अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । २०७६ आश्विन मसान्त सम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ भने रु ११३ अर्ब कर्जा लगानी गरेको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १६७ वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा, १८६ एटिएम् र १,६०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।